दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक बालककाे ज्यान गयाे
काठमाडाैं | असार १८, २०८०
दार्चुला: दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक जना बालकको ज्यान गएकाे छ ।
गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयकाे कक्षा ५ मा अध्ययनरत समिर महताकाे भिरबाट लडेर ज्यान गएकाे हाे । उनी हिजाे विद्यालयमा खेलिरहेकाे बेला लडेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका बेला बालक लडेर झण्डै ६० मिटर तल पुगेका जानकारी दिनुभयाे । उनकाे घटनास्थलमै ज्यान गएकाे हाे ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

